ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशान मौलिक परिहनमा संसद भवन बाहिर देखिएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गर्नुअघि सासंद श्रेष्ठ संसद भवन बाहिर मौलिक पहिरनमा देखिएका हुन् ।
मधेशको पहिचान र सस्कृतिको सम्मान गर्दे आफ्नै मौलिक पहिरनमा देखिएका श्रेष्ठ सबैको केन्द्रबिन्दुमा थिए । श्रेष्ठले मधेश र मधेशी जनताको सम्मानमा आफुले मौलिक परिहन लगाएको प्रतिक्रिया दिए ।
संसद भवन बाहिर सञ्चारकर्मीसंग कुरागर्दै उनले मधेश र मधेशीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै मधेशमा सकरात्मक भिजन आवश्यक रहेको बताए । मौलिक पहिरनमा यस्तो देखिए किशान श्रेष्ठ । (फोटो फिचर)