मधेश प्रदेशमा बन्ने भयो भूपति, फागुन १ गतेदेखि छायांकन थालिने

ए वान डेस्क
२३ पुष २०७९, शनिबार २०:३०

कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन प्रा.लि र बि.एस मेकर स्टुडियो प्रा.लि सिमराको संयुक्त लगानीमा नेपाली कथानक चलचित्र भूपति बन्ने भएको छ । चलचित्रबारे जानकारी दिन बाराको सिमरामा आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले फागुन १ गते भूपति चलचित्रको शुभमुर्हत गरिने जनाएको छ । बारा पर्सा क्षेत्रमा छायांकन गर्ने गरी चलचित्र निर्माण गर्ने तयारी थालेको निर्माण पक्षले सामाजिक बिषयलाई विशेष प्राथमिक्तामा राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै कलाकार कामेश्वर चौरसियाले भूपति चलचित्रले समाजमा भईरहेको बिकृतीलाई देखाउन खोजेको बताउनुभयो । करिव ७५ लाखको लागतमा निर्माण हुन लागेको चलचित्र भूपति २ घण्टा ५ मिनेटको हुने चौरसियाले बताउनुभयो । चलचित्रमा कलाकार चौरसियासहित, सुनिता रसाईली, रियाज आचार्य, प्रदिप ढकाल, घनश्याम गिरि, ईरसाद खान लगायतले अभिनय गर्नेछन् । कलाकार चौरसियाले फागुन महिनाभित्र चलचित्रको छायांकन गर्ने गरी आन्तरीक तयारी तिब्र पारिएको बताउनुभयो । २ बर्षदेखि आफु चलचित्र भूपतिको लेखनमा व्यस्त भएको बताउदै चौरसियाले स्थानीय स्रोत र सधानलाई कधिकतम प्रयोग गरेर चलचित्र तयार गरिने बताउनुभयो । अहिलेसम्म चलचित्र उद्योगले तराई मधेशलाई सामान्य रुपमा प्रस्तुत गरेको भन्दै चौरसियाले यहाको बिषयबस्तुलाई खास रुपमा प्रस्तुत गर्ने तयारीमा आफुहरु लागेको बताउनुभयो । पत्रकार सम्मेलमा बोल्दै चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामाले चलचित्र भूपतिको बिषयबस्तु समय सान्दर्भिक रहेको बताउनुभयो । चलचित्र भूपतिले समाजलाई सहि दिशामा लैजान ठुलो भुमिका खेल्ने भन्दै उहाले सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले चलचित्र भूपतिले स्थानीयको क्षमता र दक्षतालाई प्रष्फुटन गर्ने बताउनुभयो । पौडेलले चलचित्र भूपतिको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले चलचित्र भूपतिको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले समाज रुपान्तरणको निम्ति चलचित्र क्षेत्रको भुमिका महत्पुर्ण हुने बताउनुभयो । कार्यक्रममा युवा व्यवसायी सुदिप लामा, समाजसेवी राजकुमार लामा, पत्रकार उपेन्द्र ठाकुर लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*