गायक कमल के क्षेत्रीको लै बरी लै को टिजर बाहिरियो, माघ २६ गते सार्वजनिक गर्ने गरिने

गायक कमल के क्षेत्रीको लै बरी लै को टिजर आज सार्वजनिक भएको छ । गायक तथा संगितकार विकास पाण्डेको शब्द संगितमा तयार भएको लै बरी लै को टिजर सार्वजनिक भएको हो । दर्जन भन्दा बढि गितमा स्वर दिईसकेका क्षेत्रीले प्रणय दिवसको अवसरमा लै बरी लै सार्वजनिक गर्न लागेका हुन् । गितको एरेन्ज अभिसेक भुजेलले गरेका हुन् । सो गितको म्युजिक भिडियो माघ २६ गते बिहिवार सार्वजनिक गर्ने तयारी गरिएको छ । गायक कमल के क्षेत्रीको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिने म्युजिक भिडियोमा नायक युवराज केशरी र नायिका सबिना राउतले अभियन गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको पर्यटन गाउ अमलेखगञ्जस्थित चकरीमा छायांकन गरिएको म्युजिक भिडियोको कथा र निर्देशन सावन शर्माले गरेका हुन् । बि.एस. मेकर स्टुडियो सिमराले तयार गरेको म्युजिक भिडियोको छायांकन विकास गुरुङले गरेका हुन् । म्युजिक भिडियोको निर्माण सञ्चारकर्मी प्रदिप गौतमले गरेका हुन् । म्युजिक भिडियोको एसिसटेन्ट क्यामेरामेनमा स्यामुल फेथ, व्यवस्थापकमा विजय ठाकुर, श्रृंगारमा बियान्सा ठकुरी, पुर्णिमा चौधरी रहेका छन् । यस्तो छ लै बरी लै को टिजर https://fb.watch/ivnOn5EUbo/ https://fb.watch/ivnOn5EUbo/