गायक विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहु’ युट्युवमा (भिडियोसहित)

ए वान डेस्क
१८ बैशाख २०८०, सोमबार १८:१३

ए वान डेस्क÷
गायक तथा संगितकार विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहु’ युट्युवमा सार्वजनिक भएको छ । बि एण्ड जी ईन्टरटेनमेन्ट नेपालमार्फत सो गित आज सार्वजनिक गरिएको हो ।

पाण्डेको शब्द, संगित र स्वरमा तयार भएको गितको एरेन्ज सुमन तामाङले गरेका छन् । पाण्डेले दर्जन भन्दा बढि गितमा स्वर तथा सयौ गितमा संगित भरिसकेका छन् ।  सञ्चारकर्मी समेत रहेका पाण्डेको ‘एक नास तिमिलाई हेरिरहु’ बोलेको गितको म्युजिक भिडियो चितवन लगायत आसपासका क्षेत्र छायांकन गरिएको थियो ।

नेटिभ स्टुडियोमा रेर्कडिङ गरिएको सो गितको मिक्सिङ÷मास्टरिङ सुमन तामाङले नै गरेका हुन् । सो गितको म्युजिक भिडियोमा दिनेश श्रेष्ठ र मेरिना श्रेष्ठले अभिनय गरेका छन् ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका दिनेश र टिकटक स्टार मेरिनाको जोडिलाई म्युजिक भिडियोमा देखाईएको छ । सो म्युजिक भिडियोको निर्देशन नितेश जंग, छायांकन अशिम चौधरी र सम्पादन सुरज महत्तोले गरेका हुन् ।

गणेश चौधरी निर्माता रहेको म्युजिक भिडियोको मेकअपमा सिम्प्लि अनुषा रहेकी छिन् ।

यस्तो छ म्युजिक भिडियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*