जीतपुरसिमराको नगरसभामा आज, यस्तो छ कार्यतालिका
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको आठौ नगरसभा आज हुदैछ । आर्थिक बर्ष २०८०÷०८१ का लागी बजेट बिनियोजन गर्न नगरसभा बस्न लागेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा हुने नगरसभाको पहिलो बैठक बिहान ९ बजेदेखि शुरु हुनेछ । नगरसभाको पहिलो बैठकमा आज जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आर्थिक बर्ष २०८०÷०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
कार्यसुचि अनुसार निति तथा कार्यक्रम प्रस्तुत गरेपछि नगरसभा सदस्यहरुबाट छलफल गरिनेछ । छलफल पश्चात निति तथा कार्यक्रम पारित गर्ने र बैठक स्थगित गर्ने कार्यतालिका रहेको उपमहानगरपालिकाले जनाएको छ ।























