नयाँ पार्टीको अध्यक्ष आलोपालो : प्रचण्ड

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार १६:०५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले अब ओली र आफू दुवैजना नयाँ पार्टीको अध्यक्ष भएको र महाधिवेशन नहुँदासम्म बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको बताउनुभयो ।

दुई पार्टी एकता भइ सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि एकताले वैधानिक रुपमा सार्थकता पाउने उहाँले बताउनुभयो । एकताका कानूनी र प्राविधिक कामका लागि २ वटा कार्यदल बनाइएकाले कार्यदलले प्रतिवेदन दिएपछि दुवै दल एकताको औपचारिक घोषणा गरिने र त्यसपछि केन्द्रीय कमिटिको संयुक्त बैठक बस्ने उहाँले बताउनुभयो ।

दुवै दलका केन्द्रिय समिति भंग गरि नयाँ बनाएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*