आज प्रतिनिधि सभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

ए वान डेस्क
२४ माघ २०८०, बुधबार ०९:२६

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

नवनियुक्त संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ ।

संसद् सचिवालयको अनुसार आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*