जीतपुसिमरा महोत्सवको तयारी अन्तिम चरणमा, सकियो ७५ प्रतिशत काम (भिडियोसहित)

ए वान डेस्क /
जीतपुसिमरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ बजनीमा हुने महोत्सव माघ १८ गतेदेखि शुरु हुदैछ । फागुन २९ गतेसम्म हुने महोत्सवको अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भईसकेको छ । महोत्सवका सचिवालय प्रमुख समेत रहेका नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले महोत्सवको तयारी धमाधम भईरहेको बताउनुभयो ।
प्रथम जीतपुरसिमरा एक्सपो २०२४ समेत आयोजना गर्ने गरी मुल आयोजक समितिले आफ्नो तयारी तिब्र रुपमा गरिरहेको छ । अध्यक्ष मोहन शर्मा लामिछानेको संयोजकत्वमा बनेको समितिले महोत्सव भब्य बनाउने गरी तयारी गरिरहेको छ ।
कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बिभिन्न समुदायका खानाका स्टलहरु, बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको स्टल, मनोरञ्जनात्मक बाल उद्यान, सेल्फी जोन लगायत रहनेछ ।
महोत्सवका नेपालका चर्चित कलाकारहरु जिवन शर्मा, ज्योति मगर, बद्रि पंगेनी, अनु चौधरी, प्रिति पासवान, एलिना चौहाल, दुर्गेस थापा, रचना रिमाल, धुमुर्स सुन्तली, निशान भट्राई, मिस्टर डि लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् ।
भिडियो : https://www.facebook.com/a1samachar/videos/417249570841699