सत्तागठबन्धन भत्कियो, एमाले–माओवादी फेरि एक ठाउँमा

ए वान डेस्क
२१ फाल्गुन २०८०, सोमबार १०:३०

कांग्रेस–माओवादीलगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।

एमाले र माओवादी केन्द्रका नेताबीच गएराति भएको छलफलमा यस्तो सहमति बनेको हो ।

माओवादीसँग निरन्तर संवादमा रहेका एक एमाले नेताले माओवादी कांगेससँग गठबन्धन तोडेर आफूहरूसँगै सहकार्य गरेर अघि बढ्न तयार भएको जानकारी दिए ।

एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार, अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ ।

सरकारमा रास्वपालगायत अरु दल आउने बताइए पनि टुंगिन बाँकी छ ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । एमाले स्रोतका अनुसार एमलेसँको सहमतिअनुसार सत्ता गठबन्धनबाट अलग भएको जानकारी दिन प्रचण्डले देउवालाई भेट लागेका हुन् ।

सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*