सानाे आकारमा मन्त्रिपरिषद् गठन हुने, एमालेबाट गिरी र रास्वपाबाट रवि सहभागी हुँदै

ए वान डेस्क
२१ फाल्गुन २०८०, सोमबार १०:४४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ मन्त्री परिषद् गठन हुने भएको छ। वर्तमान सत्ता गठबन्धन टुटेसँगै नयाँ मन्त्रीपरिषद् गठन गर्ने प्रक्रिया अघि बढेको हो।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन्। रास्वपाबाट पूर्वउप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी मन्त्री बन्ने भएका छन्।

जसपाबाट पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आफैं सहभागी हुनसक्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*