माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

ए वान डेस्क
५ चैत्र २०८०, सोमबार १०:४४

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ।

पूर्व मन्त्री महरालाई पक्राउ गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले बताए। सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौं ल्याउन लागिएको कुँवरले जानकारी दिए।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि महारासँग बयान लिएको थियो। तर त्यतिवेला छोडिएको थियो।

यसअघि गत भदौ १३ मा महराका छोरा राहुललाई पक्राउ गरिएको थियो। उनी पुर्पक्षका लागि थुनामा छन् ।

हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*