सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता, के–के भयो कुराकानी ?

ए वान डेस्क
१८ जेष्ठ २०८१, शुक्रबार १७:२२

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो चितवन जाने व्यस्त तालिकाका बाबजुद शुक्रबार अपरान्ह ओली र नेपालसँग भेट गरेका हुन् ।

भेटवार्तापछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको जानकारी दिए ।

सत्ता समीकरणमै रहेका समाजवादीका माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा गएलगत्तै तीन नेताबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले चितवन जानु अघि प्रधानमन्त्री, ओली र नेपालबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको जानकारी दिए ।

पछिल्लो समय नेपालले केन्द्रमा आफू सत्तारुढ ठूला दलको बेवास्तामा परेको, प्रदेशमा हेपिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

सुदूरपश्चिममा एमालेले सरकारमा जान आनाकानी गरेको, कोशी, कर्णालीमा आफूलाई सरकारमा बेवास्ता गरिएको भन्दै नेपाल असन्तुष्ट रहँदै आएका छन् ।

पछिल्लो समय ओलीले नेपाललाई बेवास्ता गर्दै आएका थिए । तर नेपालको असन्तुष्टिपछि उनी भेट्न तयार भएका छन् ।

यस्तै असन्तुष्टिका बीच गत बिहीबार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुरसहितका विपक्षी नेतासँग भेट गरेका थिए ।

यसपछि प्रधानमन्त्री प्रचण्डले नेपाल आफूसँग सल्लाह गरेरै विपक्षीसँग छलफल गर्न गएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*