तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

ए वान डेस्क
२१ जेष्ठ २०८१, सोमबार १३:५३

प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीनै नेताबीच राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जनाएका छन्। त्यस्तै, संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने विषयमा पनि कुराकानी भएको छ।

बालुवाटार भेटवार्तामा सहकारी ठगी प्रकरणबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री रवि लामिछाने जोडिएपछि सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ।

प्रधानमन्त्री दाहालले भेटवार्ताका लागि देउवा र ओलीलाई बोलाएका थिए। उनीहरूबीच झन्डै दुई घण्टा छलफल भएको छ।

देउवा र ओलीसँग भेट्नुअघि प्रधानमन्त्री दाहालले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए। नेपालसँग भने मधेश सरकार विषयमा छलफल भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*