जीतपुरसिमरा उपमहानगरको १०औ नगरसभा असार ६ गते हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको १०औ नगरसभा असार ६ गते हुने भएको छ । जीतपुरको प्राईम पार्टी प्यालेसमा हुने नगरसभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
१०औ नगरसभामा आर्थिक बर्ष २०८१ २०८२ को निति तथा कार्यक्रम र प्रस्तावित बजेटको बिषयमा छलफल हुने बताईएको छ । प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले नगर सभा सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम १ बमोजिम नगरसभा आयोजना गर्न लागिएको बताउनुभयो ।
नगरसभा गर्नको लागी उपमहानगरपालिकाले नगर सभा सदस्यहरुलाई निमन्त्रणा पनि पठाएको छ ।
























