रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने ?

ए वान डेस्क
७ मंसिर २०८१, शुक्रबार १५:४९

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’

उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*