वीरगञ्ज : जनमतका केन्द्रीय सदस्यसहितका नेताहरू जसपामा प्रवेश

ए वान डेस्क
१० मंसिर २०८१, सोमबार १८:५८

जनमत पार्टीका केन्द्रीय सचिवसहितका नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्जमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेदी, पर्सा जिल्ला सचिव शशी पाण्डे लगायतका नेताहरू जसपा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेताहरूलाई खानेपानी मन्त्री प्रदीप यादवले स्वागत गरेका छन् ।

पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेका साथीहरूबाट संगठन थप सुदृढ र प्रभावकारी बनेको मन्त्री यादवको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*