राष्ट्रिय युवा संघ नेपाल कोल्हबीको भेला सम्पन्न, एमालेको नगर अधिवेशनलाई भव्य बनाउने निर्णय

ए वान डेस्क
२१ पुष २०८१, आईतवार १०:३९

राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर कमिटीको युवा भेला शनिबार सम्पन्न भएको छ । भेलाले नेकपा एमाले कोल्हबी नगर कमिटीको पौष २७ गते हुने नगर अधिवेशन भव्य बनाउने निर्णय गरेको छ ।

एमालेको नगर अधिवेशन र जिल्ला कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयनको विषयमा छलफल गर्न भेलाको आयोजना गरिएको थियो । भेलाका सहभागीले अधिवेशनलाई सफल बनाउन युवाहरु सक्रियरुपमा लाग्न सुझाव दिएका थिए ।

राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर कमिटीका अध्यक्ष सरोजकुमार चौधरीको अध्यक्षता सम्पन्न भेलामा एमाले मधेश प्रदेश कमिटी सदस्य ढुण्डीराज उप्रेती, एमाले जिल्ला कमिटी सदस्य शिवहरी आचार्य, एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नन्देश्वर चौधरी (सागर), संगठन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिपिका साह संगठन जिल्ला सचिव दीपेन्द्र सुवेदी, संगठन जिल्ला सचिवालय सदस्य सुमित्रा बस्नेत, अनेम संघ नगर कमिटी अध्यक्ष दिपलक्ष्मी खरेल, वडाध्यक्ष विष्णुप्रसाद मैनाली सहित नगरक सबै वडाका युवाको उपस्थिति रहेको थियो ।

युवा संघ नेपाल कोल्हबी नगर कमिटीका सचिव वीरेन्द्र चौधरीले भेलाको उदेश्य प्रष्ट पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*