मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय

ए वान डेस्क
२३ पुष २०८१, मंगलवार १४:१६

मंगलबारदेखि मधेस प्रदेश सभाको अधिवेशन सुरु भएको छ । दिउँसो देखि प्रदेशसभाको चौथो अधिवेशन सुरु हुने भनिएपनि दलहरूको आन्तरिक बैठकका कारण केही ढिलाइ हुने देखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चौथो अधिवेशनको पहिलो बैठकमा दुई वटा कार्यसूची तय गरिएको छ । जसमा शुभकामना सन्देश र पर्यटन विधेयकमाथिको दफावार छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।

उनका अनुसार सुरुमा अधिवेशन सुरु भएको शुभकामना सन्देश दिइन्छ र दलीय आधारमा प्रदेशसभाका सदस्यहरूले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ ।

त्यसपछि पर्यटन विधेयकमाथि छलफल गरिनेछ । बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेसमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ ।

प्रतिवेदन प्रस्तुत भइसकेपछि यो विषयमा दफावार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*