सूर्यदर्शन सहकारी बचत रकम अपचलन प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो

ए वान डेस्क
२५ पुष २०८१, बिहीबार १२:५९

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस  सकिएको छ ।

आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस  सकिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् ।

अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले  सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*