सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह

ए वान डेस्क
२५ पुष २०८१, बिहीबार १५:४१

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा सरकार र राजनीतिक दलहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् । सरकार र नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनको भनाइ छ ।

वीरगन्ज स्थित नारायणी रङ्गशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रङ्गशाला जीर्ण बनेको बताए ।

केही  नेताहरूका कारण नारायणी रङ्गशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत  दिए ।

वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने हो भने जनताले हिसाब किताब गर्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*