भोलि र पर्सी नारायणगढ–मुग्लिन सडक खुल्ने
१६ फाल्गुन २०७४, बुधबार २२:४३
बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड २ दिन खुल्ने भएको छ ।
बाटो निर्माणको लागि दिउँसो बन्द हुने गरेको सडक होलीको लागि खुल्ला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
होली सकिएलगत्तै बाटो नारायणगढ मुग्लिन सडकखण्ड पुरानै समयमा बन्द गरिने पन्तले बताउनुभयो ।















