प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग

ए वान डेस्क
२२ फाल्गुन २०८१, बिहीबार १४:०४

प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग भएको छ ।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।

सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*