रेल विभाग अगाडि मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीको धर्ना
ए वान डेस्क
६ चैत्र २०८१, बिहीबार १२:४९

रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् ।
बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले नियम विपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै वर्दिवासको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिले विभागमा धर्ना दिएको हो ।
बर्दिबासका स्थानीय नीरज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
उक्त समस्या समाधानका लागि रेल विभागका महानिर्देशक अजय मूललगायत विभागका कर्मचारीसँग छलफल भएको तर समस्या समाधान नभएको भन्दै उनीहरूले धर्ना थालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*