तीनकुने घटनाबारे प्रहरीद्वारा सूचना उपलब्ध गराउन अनुरोध
नेपाल प्रहरीले तीनकुने घटनाबारे तथ्यपरक सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै तोडफोड, आगजनी, लुटपाट एवम् अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि तथ्यपरक सूचना उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेको हो ।
त्यसका लागि फोटो, भिडियो तथा संलग्न व्यक्तिहरूको विवरण उपलब्ध गराउन सकिने र त्यस्ता सूचना दिनेहरूको गोपनीयता कायम रहने प्रहरीले स्पष्ट गरेको छ ।
शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको थियो भने अराजक भीड तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको थियो ।
उक्त घटनामा १०० भन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
























