भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ए वान डेस्क
११ बैशाख २०८२, बिहीबार १६:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ,’ बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*