शिक्षकका मागबारे निर्णय लिन आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

ए वान डेस्क
१७ बैशाख २०८२, बुधबार १७:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने गरी बैठक बस्न लागेको आंकलन गरिएको छ।

सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुंगेमा परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक भएको प्रष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*