भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो

भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् ।
मे ७ (बुधबार)मा भारत–पाकिस्तान तनावको बीचमा यी विमानस्थ मे १५ (बिहीबार)सम्म अस्थायी रूपमा बन्द गरिएको थियो ।
भारतीय विमानस्थल प्राधिकरणले विज्ञप्ति जारी गर्दै नागरिकका लागि बन्द गरिएका ३२ विमानस्थल सञ्चालन भएको जनाएको छ ।
विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलमा उडानको लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि एयरलाइन्सको वेबसाइटमा हेर्न सल्लाह दिइएको छ ।
इन्डिगो एयरलाइन्सले नागरिकहरुका लागि उडान खोलिएको जनाएको छ ।
कम्पनीले सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने पनि बताएको छ । एयरलाइन्सले यात्रुहरूलाई विमानस्थल पुग्न सल्लाह दिएको छ।