मुसहर समुदायका महिलाहरू नागरिकताविहीन अवस्थामा

ए वान डेस्क
७ जेष्ठ २०८२, मंगलवार १६:३७

मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताएका छन् ।
उनले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट बञ्चित हुनुपरेको तथ्य प्रस्तुत गरे ।

मुख्यमन्त्री सिंहले जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले दलित शिक्षामा जोड दिनुपर्ने बताए ।
उनले शिक्षा नै सशक्तिकरणको मूल आधार भएकाले अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिंहले मुसहर समुदायका अभिभावकहरूलाई आफ्ना बालबालिकालाई न्यूनतम एसइईसम्म पठनपाठन गराउनुपर्ने तथा बालविवाह रोकेर २० वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*