पूर्वराज्यमन्त्री खड्काकाे निधन

ए वान डेस्क
१६ जेष्ठ २०८२, बिहीबार १३:५४

नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको दैलेखको नारायण नगरपालिका–७ किमुगाउँमा रहेको आफ्नै निवासमा आज बिहान निधन भएको नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो ।

कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, २०५१ र २०६४ को पहिलो संविधानसभा चुनावमा समेत गरी तीन पटक सांसद हुनुभएको थियो ।

२०६४ मा त्यति बेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट जित्ने उहाँ एक्लो सांसद हुनुहुन्थ्यो ।

२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका नेपाली कांग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति हुनुहुन्थ्यो ।

२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको दैलेखमा उहाँले नेतृत्व गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*