एकादशी समुहलाई कार्यपालिका सदस्य रसाईलीको सहयोग

ए वान डेस्क
२७ असार २०८२, शुक्रबार १६:०४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईलीले वडा नम्बर ४ भित्र रहेका एकादशी समुहहरुलाई जिन्सि सामाग्री सहयोग गर्नुभएको छ । उपमहानगरपालिकाबाट कार्यपालिका सदस्यले पाउने बजेटबाट रसाईलीले वडाभित्र रहेका बिभिन्न ६ वटा एकादशी समहुलाई जिन्सि सामाग्री सहयोग गर्नुभएको हो ।

रसाईलीले वडा नम्बर ४ भित्र रहेका ४ र वडा नम्बर १४ भित्र रहेका २ वटा एकादशी समहुलाई सामाग्री सहयोग गर्नुभएको हो । साथै शिव मन्दिर र दुर्गा मन्दिरमा पनि आवश्यक सामाग्री सहयोग गरिएको कार्यपालिका सदस्य रसाईलीले जानकारी दिनुभयो ।

केहिदिन अघि कार्यपालिका सदस्य रसाईलीले औराहा युवा क्लबलाई खेलकुद सामाग्री समेत सहयोग गर्नुभएको थियो । युवा पुस्तामाझ लोकप्रिय कार्यपालिका सदस्य रसाईली पछिल्लो समय सामाजिक क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*