प्रसौनी ६ का वडाध्यक्ष कुशवाहा पक्राउ

ए वान डेस्क
२ भाद्र २०८२, सोमबार १३:५८

बाराको प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय शिक्षक नागेश्वरकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुशवाहालाई पक्राउ गरेको हो ।

मदिरा सेवन गरेका आठ जनाको समूहले शिक्षकलाई कुटपिट गरेको घटनामा वडाध्यक्ष कुशवाहासमेत संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले पुष्टि गरेका छन् ।

डीएसपी पण्डितका अनुसार कुशवाहालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
वडाध्यक्ष कुशवाहा यसअघि पनि कुटपिट, चेक अनादर र आपराधिक लाभसम्बन्धी तीन वटा मुद्दामा बारा जिल्ला अदालतले सजाय तोकेका व्यक्ति हुन् ।

अदालतले चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ, कुटपिटमा दुई हजार रुपैयाँ र आपराधिक लाभमा एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । कुशवाहालाई जेठ ११ गते पनि बारा प्रहरीले पक्राउ गरेको थियो ।
बारा जिल्ला अदालतको फैसला कार्यान्यवन गर्ने क्रममा कुशवाहालाई प्रहरीले जेठ ११ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*