नेपोभिट जीतपुरसिमरा महिला फुटबल : नेपाल पुलिस क्लबको विजयी शुरुवात, मोरङको लज्जास्पद हार

ए वान डेस्क
२३ भाद्र २०८२, सोमबार ११:५७

ए वान डेस्क /

बाराको सिमरा रंगशालामा जारी नेपोभिट जीतपुरसिमरा अन्र्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८२ मा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

दोश्रो दिनको खेलमा मोरङ जिल्ला फुटबल संघलाई १२-० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब सिमरालाई १२-० गोल अन्तरले पराजित गर्दै रौतहट जिल्ला फुटबल संघ विजयी भएको थियो ।

यसअघि प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । सिमरा भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिता अन्र्तगत आज त्रिभुवन आर्मि क्लब र खस्र्याङ गल्स फुटबल एकेडेमी दार्जलिङबिच हुनेछ । दुई टिमबिचको खेल साझ ६ बजेदेखि शुरु हुनेछ ।

भदौ २८ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले ५ लाख रुपैया र उप बिजेता टिमले २ लाख ५० हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष राज कपुर राउतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*