किसान श्रेष्ठले भने– हामी मूल घर फर्किंदै छौं, हाँसेर बोल्दिए पुग्छ

ए वान डेस्क
२० कार्तिक २०८२, बुधबार १३:३७

नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा नि:शर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।

आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’

‘हामी नि:शर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु,’ श्रेष्ठले थपे ।

पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि नि:शर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

किसान श्रेष्ठसँगै रामकुमारी झाँक्री लगायतका नेताहरु एमाले फर्किन लागेको जानकारी दिन काठमाडौंको होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*