मधेश प्रदेशका मुख्यमन्त्री सोनलले कार्तिक २२ गते विश्वासको मत लिने

ए वान डेस्क
२२ कार्तिक २०८२, शुक्रबार १४:१७

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कार्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सोनलले विश्वासको नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयलाई बुधबार पत्र पठाइसकेका छन्। प्रदेशसभा सचिवालयले कार्तिक २२ गते शनिबार दिउँसो १ बजे बैठक बोलाएको हो ।

सोनल असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
तत्कालिन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।

यसबीचमा नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि सोनल सरकारलाई समर्थन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*