प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरुको बैठक बस्दै

ए वान डेस्क
१८ जेष्ठ २०८३, सोमबार ११:३३

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।

प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए ।‘प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक विषयमा छलफल गर्ने गरी सर्वदलीय बैठक बस्न लागेको हो’ राईले अनलाइनखबरसँग भने ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउन माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*