कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार ०८:५७

कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।

मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् ।

‘अब जे भयो-भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*