बारामा बाम एकताको खुशियाली ! गाउ–गाउमा यसरी गरियो दिप प्रज्वलन

फोटो : रविराज दंगालको फेसबुकबाट
ए वान डेस्क
३ जेष्ठ २०७५, बिहीबार २३:१०

ए वान डेस्क /

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएको खुसियालीमा आज साँझ बाराका विभिन्न स्थानमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा दीपावली गरेका छन् । पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दुवै पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा दीपावली गरेका हुन् ।

एकताको खुसियालीमा जिल्लाका प्रमुख शहर सिमरा, निजगढ, कलैया तथा ग्रामीण क्षेत्रमा समेत दिप प्रज्वलन गरिएको थियो ।

एकीकरणको सन्देश अब आम जनतामा पु¥याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका एक स्थानीय नेताले भने “यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*