बारामा नेकपाको भागबण्डा : एमाले ३, माओवादी २, को–को परे ?
प्रदिप गौतम /
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेको छ । जस अनुरुप एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
अब स्थायी कमिटी बन्न बँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ ।
बारामा यस्तो छ भागबण्डा
नव गठित नेपाल कम्युनिस्ट पार्टीमा बाराबाट ५ जना केन्द्रिय सदस्य भएका छन् । नेकपामा भागबण्डा मिलाउदा एमालेले ३ र माओवादी केन्द्रले २ जना पाएको छ ।
को–को छन् ?
एमाले :
नेपाल कम्युनिस्ट पार्टीमा नेकपा एमालेको तर्फबाट बारामा ३ जना केन्द्रिय सदस्य भए । जस अनुसार अच्युत मैनाली, दिनेश राई र बलबिर चौधरी केन्द्रिय सदस्य चयन हुनुभएको छ ।
अच्युत मैनाली
मैनाली प्रधानमन्त्री केपिशर्मा ओलि निकट मानिनुहुन्छ । मैनालीको जन्म २०२२ सालको असारमा काभ्रेको कजुञ्जे गाविसमा भएको हो । २०३७ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीति थालेका अच्युत मैनाली लामो समय एमालेको पूर्णकालिन कार्यकर्ता भए पनि एमालेको माथिल्लो पदमा पुग्नुभएको छैन् ।
उहा यसअघि एमालेको केन्द्रय सल्लाहकार परिषद्को सदस्य हुनुहुन्थ्यो । अहिले उहा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुनुहुन्छ ।
दिनेश राई
राई यसअघि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उहा माधव नेपाल निकट मानिनुहुन्छ । नेकपा एमाले निकट बिभिन्न टे«ड युनियनमा पनि उहा आबद्ध हुनुहुन्छ । २०२० सालमा धनकुटाको छिन्ताङमा उहाको जन्म भयो । छिन्ताङमा २०३८ सालमा भएको मजदुर आन्दोलनबाट उहा सक्रिय रुपमा राजनितिमा लाग्नुभयो ।
बलबिर चौधरी
चौधरी पनि यसअघि केन्द्रिय सदस्य हुनुहुन्थ्यो । उहापनि माधव नेपाल निकट मानिनुहुन्छ । चौधरीको बाराको तेतहरीयामा जन्म भएको थियो ।
२०४२ सालदेखि राजनितिमा आबद्ध भएका चौधरी झन्डै एक बर्ष जेल बस्नुभयो । चौधरीका ४ छोराछोरी छन् ।
माओवादी केन्द्र :
नेपाल कम्युनिस्ट पार्टीमा नेकपा माओवादी केन्द्रको तर्फबाट बारामा २ जना केन्द्रिय सदस्य भएका छन् । जस अनुसार ज्वाला शाह र गोपाल ठाकुर केन्द्रिय सदस्य चयन हुनुभएको छ ।
ज्वाला शाह
शाहको जन्म २०३८ साल कार्तिक ११ गते भयो । उहा नेकपा माओवादी केन्द्रको बिभिन्न तहको नेतृत्व गर्दै सभासद, भुमी सुधार राज्यमन्त्री, पर्यटन राज्यमन्त्री र पार्टीकै पोलिटब्युरो सदस्य सम्म भईसक्नुभएको छ ।
अहिले शाह बारा क्षेत्र नम्बर ३ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । २०५४ सालमा शाह भुमीगत नेकपा माओवादीमा संगठित हुनुभएको थियो ।
गोपाल ठाकुर :
ठाकुर नेकपा माओवादी केन्द्रका बारा जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाको जन्म बारा, कचोर्वामा भएको थियो । त्रिभुवन विश्वविद्यालयवाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका ठाकुरले शुरुमा नेकपा एमालेबाट राजनिति शुरु गर्नुभयो ।
जातिगत विभेद र प्रजातन्त्रका लागि विद्यार्थी अवस्था २०३६ साल देखि नै राजनीतिमा संलग्न रहदै आएका ठाकुरले एमाले सम्बद्ध किसान सङ्घ बाराको सचिबको जिम्मेदारी बहन गरिसक्नुभएको छ । राजनैतिक यात्राका क्रममा उहाँले २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत सात महिना जेल जीवन बिताउनुभएको छ ।
राजनीति बाहेक उहाको पेशा पत्रकारिता थियो । ठाकुरले रेडियो नेपालमा १३ वर्ष काम गरिसक्नुभएको छ ।























