नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

ए वान डेस्क
२३ जेष्ठ २०७५, बुधबार २०:४३

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ ।

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*