जीतपुरसिमराका बल बहादुर कार्की १५ बर्षपछि पक्राउ परे
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले १५ वर्षदेखि चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी नीरिक्षक सुभाष हमाल नेतृत्वको टोलिले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ निवासी बल बहादुर कार्कीलाई औराहबाट पक्राउ गरेको हो । कार्कीलाई जिल्ला अदालत कलैया बाराले २०६० सालमा चोरी मुद्दामा १ महिना ४ दिनको सजाय सुनाएको थियो ।
पक्राउ परेका कार्कीलाई जिल्ला अदालत बाराबाट कैद भुक्तानीको लागी विरगञ्ज करागार पठाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।















