बारामा संबिधान दिवस मनाईदै, जीतपुरसिमरामा यसरी मनाईयो

ए वान डेस्क
३ आश्विन २०७५, बुधबार ०९:२८

ए वान डेस्क /

बिभिन्न कार्यक्रमको आयोजना गरी बारामा पनि आज संबिधान दिवस मनाईदैछ । दिवसको अवसरमा जिल्लाका बिभिन्न स्थानमा आज विविध कार्यक्रम गरिदैछ ।

दिवसको अवसरमा स्थानीय तहसहित बिभिन्न संघ–संस्थाको आयोजनामा आज प्रभातफेरी, अन्र्तक्रिया लगायतका कार्यक्रम गर्न लागिएको छ । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट तेस्रो बर्ष पुरा गर्देछ ।

दिवसको अवसरमा जीतपुरसिमरा उप–महानगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । उप–महानगरपालिकाको कार्यालयबाट निस्किएका प्रभातफेरीले जीतपुर बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरी पछि आयोजित कोणसभालाई जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाले जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संबिधान उपलब्धिमुलक रहेको बताउनुभयो ।

कोणसभामा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख बिशेश्वर रेग्मि, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह, बरिष्ठ उपाध्यक्ष मोहन शर्मा, औद्योगिक सुरक्षा गुल्म औराहका गुल्मपति गौतम राज कुवर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*