संविधान दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी

ए वान डेस्क
३ आश्विन २०७५, बुधबार १४:१८

संविधान दिवसका अवसरमा प्रदेश नं ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज बृहत् प्रभातफेरी कार्यक्रमको आयोजना गरियो ।

स्थानीय भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी कार्यक्रम हेटौँडा बजारको विभिन्न चोक हुँदै मकवानपुर क्याम्पसमा पुगी सम्पन्न भएको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, मन्त्रालयका सचिव तथा प्रशासनिक प्रमुख, कर्मचारी, राजनीतिक दल, विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, पत्रकार, टोल समितिका पदाधिकारीलगायत नागरिक समाजका अगुवाको प्रभातफेरीमा सहभागिता थियो ।

संविधानको कार्यान्वयन र विशेषतासहित प्लेकार्ड बोकेर विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*