भारतका पेट्रोलियम मन्त्री भोलि बारा आउने
ए वान डेस्क /
भारतका पेट्रोलियम तथा प्राक्रितिक ग्यास मन्त्री देवेन्द्र प्रधान भोलि बारा आउनुहुने भएको छ । रक्सौल–अमलेखगञ्ज पाईपलाईन आयोजनाको निरिक्षण गर्न मन्त्री प्रधान भोलि बारा आउन लाग्नुभएको हो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार अमलेखगञ्जबाट रक्सौलसम्म भएको कामको निरिक्षण गर्न मन्त्री प्रधान भोलि बारा आउन लाग्नुभएको हो । त्यसको लागी मन्त्री प्रधान नेपाल आईसक्नु भएको छ ।
मन्त्री प्रधानको साथमा भोलि नेपालका उद्योग मन्त्री मात्रिका यादव समेत बारा आउने बुझिएको छ । सो पाइपलाइन बिछ्याउने बारेमा नेपाल र भारतबीच सन् २०१५को अगष्ट २४मा समझदारीमा हस्ताक्षर भएको थियो ।
यसैबिच, कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलसँग भारतका पेट्रोलियम तथा प्राक्रितिक ग्यास मन्त्री देवेन्द्र प्रधानले शिष्टाचार भेट गर्नु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग आज बिहान सिंहदरबारमा भारतका पेट्रोलमन्त्री प्रधानले शिष्टाचार भेट गर्नु भएको हो ।
शिष्टाचार भेटवार्तामा भारतीय मन्त्री प्रधानले रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।























