नियुक्त भएको चार महिना नपुग्दै दिगम्बर झाले दिए राजीनामा

ए वान डेस्क
११ पुष २०७५, बुधबार १९:३४

नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले चार महिना पनि नपुग्दै बुधबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

भदौं २१ गते नियुक्त भएका झाले बुधबार राजीनामा दिनुभएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । झालाई भदौ २१ गते सरकारले नियुक्त गरेको थियो ।

झा नियुक्तिको विषय लिएर सत्तारुढ पार्टी नेकपाभित्रै विवाद रहँदै आएको थियो । नेकपा स्थायी समिति बैठकमा नेताहरुले भ्रष्ट छबि भएका झालाई नियुक्त गर्दा सरकारको छबिमा समेत नकारात्मक सन्देश गएको भन्दै नेतृत्वलाई नियुक्ति फिर्ता लिन दवाव दिएका थिए । झाले काठमाडौंमा आज दिउँसो मात्रै पत्रकार सम्मेलन गर्दै आफूलाई राजीनामा दिन कुनै डर नरहेको अभिव्यक्ति दिनुभएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले असार २१ गते २०७४ भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने निर्णयपछि झा पनि बर्खास्तीमा पर्नुभएको थियो । पुर्नवहालीको माग गर्दै सरकारको विरुद्धमा अदालत पुग्नुभएका झालाई ओली नेतृत्वको सरकारले फेरि प्रमुखमा नियुक्त गर्ने तयारी गरेपछि मुद्दा फिर्ता लिनुभएको थियो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले झालाई नियुक्त गर्न मत्रिपरिषदमा प्रस्ताव लगेपनि खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन भनेपछि सार्वजनिक सूचना निकालिएको थियो । समितिले सूचना निकालेपछि त्यसमा झालगायत प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक तथा पूर्व सचिवसमेतले निवदेन दिएका थिए ।

तर सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको दवावमा झालाई नै प्रमुखमा नियुक्त गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*