बारा आएर डा. कोईरालाले भने : सरकारले मुलुकमा बितन्डा मचाउदैछ

ए वान डेस्क
३ माघ २०७५, बिहीबार २१:२५

ए वान डेस्क /

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर काईरालाले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । बारा निर्वाचन क्षेत्र नम्बर १ क्षत्रिय कार्यसमितिले सिम्रौनगढमा आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कोईरालाले दुई तिहाईको दम्भमा सरकारले मुलुकमा बितन्डा मचाईरहेको आरोप लगाउनुभयो ।

उहाले सरकार बिकास र समृद्धिको दिशामा अग्रसर हुनुपर्ने बताउनुभयो । बिमान खरिद प्रकरणमा दोषी देखिएकाहरुमाथि कारर्वाही प्रक्रिया अगाडी बढाउनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्रि उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नम्बर १ मा विकासको खोला बताउने बताउनुभयो । फरक प्रसंगमा नेता चोधरीले मधेशवादी दलहरु सता र शतिmका लागि मात्र राजनिति गरिरहेको आरोप लगाउनुभयो ।

नेपाली काग्रेस क्षेत्र नमबर १ का क्षेत्रिय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्रि कलावती पासवान, पुर्व सासंद लालबाबु सिंह भुमिहार, राजेन्द्र बहादुर अमात्य, चन्द्रशेखर यादव, मनोज भट, उपेन्द्र जसवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच बिभिन्न पार्टी परित्याग गरी झन्डै १ सय जना नेपाली काग्रेसमा प्रबेश गरेका थिए ।

कार्यक्रमको संचालन सिकेन्द्र पासवानले गर्नुभएको थियो भने स्वागत रामनरेश कान्त कुसवाहाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*