डाक्टर केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

ए वान डेस्क
१८ माघ २०७५, शुक्रबार १६:०३

अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार प्रदेश नम्बर पाँच प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डाक्टर केसीको जीवनरक्षा र बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै रोष्टम अगाडि गएर बैठक चल्न नसक्ने बताएपछि विपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको बैठक माघ २२ गते सम्मका लागि स्थगित गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*