नागरिकमा निराशा फैल्याउने काम भैरहेकोले सचेत हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा अनुसार काम गर्ने आधार तय भैरहेका बेला उनीहरुलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भैरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाउनु भयो ।
उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भैरहेको दाबी गर्नुभयो । सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भैरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउनेलगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै यस्ता गतिविधि सैह्य नहुने चेतावनी पनि दिनुभयो ।























