राष्ट्रियसभा निर्वाचन: माघ १० मा उम्मेदवारी मनोनयन
निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधाबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि माघ७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ। राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिका प्रमुख/उपप्रमुख गरी १५ सय ६ र प्रदेशसभाका ५५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता छन् ।
निर्वाचनमा प्रदेशसभाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तोकिएको छ।























