बारामा उमाकान्त चौधरीले जोगाउलान त काग्रेसको ईज्जत ?
बारामा काग्रेसको नजिता शुन्य जस्तै देखिएको छ । चार वटा प्रतिनिधिसभा मध्य अहिलेसम्म एउटामा मात्र काग्रेसले लिड गरिरहेको छ । क्षेत्र नम्बर १ बाहेक काग्रेस अहिलेसम्म लगभग सबै क्षेत्रमा तेश्रो स्थानमा छ । क्षेत्र नम्बर १ मा काग्रेसका उमाकान्त चौधरी २७ मत अन्तरले अगाडी हुनुहुन्छ ।
नेपाली काग्रेसका उमाकान्त चौधरीले १९०४८ मत ल्याउनुभएको छ भने बाम गठबन्धन अच्युत मैनालीले १९०२१ मत ल्याउनुभएको छ । अब चौधरीले बारामा काग्रेसको ईज्जत जोगाउछन् या जोगाउदैनन् त्यो भने परिणामले नै देखाउनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले दिएको जानकारी अनुसार आज रातीसम्म क्षेत्र नम्बर १ को मतपरिणाम शार्वजनीक भईसक्नेछ ।























