यस्ती छिन् शाहरुखकी दिदी, निराशलाग्दो कथा

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०६:१९

बलिउड बादशाह अर्थात शाहरुख खानसँग के छैन ? नेम र फेम छ । सुखी परिवार छ । लक्जरियस घर, मंहगा गाडी सबै छ । यस्तो लाग्छ उनको चमकदमकपूर्ण जीवनमा केही कुराको दुःख छैन ।

तर, किंग खानको जीवनमा सर्बत्र खुसी नै खुसी छैन । शाहरुखकी दिदी, जो डिप्रेसनले ग्रस्त छिन् । अक्सर शाहरुखको जीवनशैली अटाउने फ्रेममा यी दिदीको नापनक्सा देखिदैन । भनौं, उनी लाइमलाइटबाट टाढै छिन् । बलिउड सुपरस्टारकी दिदी अध्याँरोमै हराएकी छिन् ।

पिता बितेपछि शाहरुखले नै आफ्नी दिदीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । शाहरुखकी दिदी शेहान्ज लालारुख अहिले ५८ बर्षकी भइन् । उनी लामो समयदेखि डिप्रेसनमा छिन् । भनिन्छ, आफ्ना आमाबुवाको लास देखेपछि उनी बेहोस भएकी थिइन् । त्यसपछि उनलाई डिप्रेसनले गाँज्यो ।

एक अन्र्तवार्तामा शाहरुखले आफ्नी दिदीको बारेमा कुरा गर्दै भनेका थिए, ‘पिताको मृत्यु भएको २ बर्षपछि दिदीलाई डिप्रेसन भयो ।’ – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*